stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुई सय ग्राम सुन सहित एक जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, २६ माघ । चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट अवैध रुपमा लैजान लागेको करिब २ सय ग्राम सुन सहित सर्लाही बरमपुर नगरपालिका मोहनगन्ज बस्ने एहजार अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना.५ ख ६५९९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार अन्सारीको साथमा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

prabhu mahalaxmi
kumari