sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

दुई सय ग्राम सुन सहित एक जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, २६ माघ । चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट अवैध रुपमा लैजान लागेको करिब २ सय ग्राम सुन सहित सर्लाही बरमपुर नगरपालिका मोहनगन्ज बस्ने एहजार अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना.५ ख ६५९९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार अन्सारीको साथमा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

gold
nawakantipur long