साना किसान विकास लघुवित्तको नाफामा वृद्धि

काठमाडौं । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६.१७५ ले बढोेत्तरी गरेको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिमा २३ करोड ९१ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको साना किसानले यो त्रैमासमा ३० करोड १७ लाख ५ हजार नाफा कमाउन सफल भएको हो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २१.३०५ र १८.८०५ ले बढेको छ ।
गत वर्ष ९३ करोड ५६ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको साना किसानले यो वर्ष बढाएर १ अर्ब १३ करोड ४९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ३७ करोड ५३ लाख २६ हजार रुपैयाँबाट बढाएर ४४ करोड ५९ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । साना किसानको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको थियो । यसको जगेडा कोषमा १ अर्ब ७२ करोड ९३ लाख १० हजार रुपैयाँ रहेको छ । खराब कर्जा भने बढेर ०.६६५ पुगेको छ । गत वर्ष खराब कर्जा ०.०४५ मात्र रहेको थियो । प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३२ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ८८ पैसा छ ।