stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाही

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासमा हिमालयन बैंकमाथि कारबाही गरेको हो।

जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा हिमालय बैंकले सीमित ऋणीलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता ब्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

हिमालयन बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको, पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सोबाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि पाइएको केन्द्रीय बैंकले जनाएको छ।

‘केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, अस्थायी रुपमा लामो समयसम्म ऋणीहरुको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको पाइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएकोले एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरु उल्लंघन भएको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।’

यसैगरी राष्ट्र बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेका कारण हिमालयन बैंकको सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको छ।

IME Lifesidebar
kumari