चाँदी आयातमा राष्ट्र बैंकको खुकुलो नीति
२० गुणासम्म सटही सुविधा
काठमाडौं । चाँदी आयातमा राष्ट्र बैंकले खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै चाँदी आयातका लागि सटही सुविधा बढाएर २० गुणासम्म पुर्याएको छ ।
यस अघि चाँदी आयात गर्दा प्रतिपटक एक लाख डलरसम्मको सटही सुविधा दिनसक्ने व्यवस्था थियो । यसलाई परिवर्तन गर्दै चारदेखि २० लाख डलरसम्म पुर्याइएको हो ।
यस अनुसार महिनामा एकपटक आयात गर्ने उद्योगलाई बीस लाख डलरसम्म व्यवसायीको लागि चार लाख डलरको सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ ।
अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिँदै आएको छ ।





























