stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आउनुभएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह( ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) ‘आधि’ (उपन्यास) का साथै गीति क्यासेटहरू ‘अभिप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो : मेरो गीत’ प्रकाशित छन् ।

नेवारी  भाषाका  साहित्यकार  तथा  पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजक निरज रञ्जितले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari bank
kumari