सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको लागि “[ICRANP] AMC Quality 3+ (AMC3+)” रेटिङ्ग प्राप्त
काठमाडौं । नेपालको क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि. (ICRA Nepal Ltd.) ले सामूहिक लगानी कोष व्यवस्थापकको रुपमा कार्य गर्दै आईरहेको यस सिटिजन्स क्यापिटल लिमिटेडलाई यस अघिको “AMC Quality 3 (AMC3)” रेटिङ्गलाई पुनरावलोकन गरी “AMC Quality 3+ (AMC3+)” मा स्तरोन्नति गरी सिटिजन्स क्यापिटलको स्तर बृद्धि पुष्टि गरेको छ ।
ईक्रा नेपालले सिटिजन्स क्यापिटल लिमिटेडको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा आएको निरन्तर सुधारलाई आधार मानी उक्त रेटिङ्ग प्रदान गरेको हो ।
उक्त रेटिङ्गले कम्पनीको सञ्चालन स्थायित्व, सुशासन अभ्यास, अल्पकालिन तथा दीर्घकालिन लगानी रणनिति, सामूहिक लगानी कोषका योजनाहरुले प्रदान गरेको प्रतिफल र दीर्घकालिन व्यवसायिक सम्भावनालाई सकारात्मक रुपमा प्रतिबिम्बित गर्दछ ।
सिटिजन्स क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारमा व्यवसायिक र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सबिर बादे श्रेष्ठ रहेका छन् ।
ईक्रा नेपालबाट AMC3+ प्राप्त हुनु कम्पनीको सेवा गुणस्तर, व्यवसायिक दक्षता तथा लगानीकर्ताप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ ।
कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरु प्रदान गर्दै लगिने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।





























