stcnepal long ad
global ime bank long

कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

साधारणसभाले असोज ७ गतेसम्म बैंकको शेयर खरीद गरेका शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले सोही लाभांश सम्बन्धित शेयरधनीहरू डिम्याट खातामा पठाएको हो।

कम्पनीले वितरण गरेको १० प्रतिशत लाभांश नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै असोज ७ गतेसम्म यस बैंकको शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूको हकमा ऋण लिएको बैंक तथा वित्तीय संस्थाको नाममा लाभांश रोक्का राखिएको र कर्जा राफसाफ भइसकेको भए ऋण लिएको संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न आग्रह गरेको छ।

IME Lifesidebar
kumari