stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

त्रिविको ५१औँ दीक्षान्त समारोहः पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो।

कार्यालयका अनुसार, यदि प्रकाशित नामावलीमा उल्लेख भएका बाहेक अन्य कुनै विद्यार्थीले आफू पदक वा पुरस्कारका लागि योग्य भएको लागेमा तोकिएको समयभित्र दाबी विरोध गर्न सक्नेछन् ।

द्यार्थीहरूले आगामी पुस ४ गतेभित्र आवश्यक प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध दर्ता गराउन सक्नेछन्। तोकिएको म्यादभित्र दाबी विरोध नआएमा हाल प्रकाशित नामावली नै अन्तिम मानिने र सोही अनुसार पदक तथा पुरस्कारका लागि सिफारिस गरिने ब्यहोरा त्रिविले जानकारी गराएको छ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आगामी पुस १० गते आयोजना गरिनेछ।

 

prabhu mahalaxmi
kumari bank
kumari