stcnepal long ad
global ime bank long

नेसनल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाका सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार ५२६.२४ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १९ करोड ९७ लाख ४१ हजार २७८.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा १४.२५ प्रतिशतले हुन आउने १८ करोड ९७ लाख ५४ हजार २१४.९९ रुपैयाँबराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने ९९ लाख ८७ हजार ६३.९५ रुपैयाँबराबरको नगद लाभांश )कर प्रयोजनार्थ) रहेका छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari