stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २४ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले आफ्नो ३० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले यही पुस २४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि हालको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव र निर्देशन समेट्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले यही पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

prabhu mahalaxmi
kumari