stcnepal long ad
global ime bank long

औसत ब्याजदर पाँच प्रतिशतभन्दा कम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । तरलता पर्याप्त रहे पनि कर्जा विस्तार सुस्त रहँदा वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर थप घटाएका छन् । पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैङ्कको अधिकतम औसत ब्याजदर पाँच प्रतिशत विन्दुभन्दा तल झरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैङ्कले दिने अधिकतम औसत ब्याजदर पाँच प्रतिशत विन्दुभन्दा तल झरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये १३ बैङ्कले पुसका लागि ब्याजदर घटाएपछि औसत ब्याजदर ४.८३४ प्रतिशत विन्दुमा सीमित छ ।

बैङ्कहरूले सार्वजनिक गरेको सूचना अनुसार मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ५.०४०५ प्रतिशतमा रहेको औसत ब्याजदर पुसमा ०.२०६५ प्रतिशतले घटेको छ ।

मङ्सिरको तुलनामा पुसमा ब्याजदर घटाउने बैङ्कमा ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एभरेस्ट बैङ्क, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्राइम कमर्सियल बैङ्क, प्रभु बैङ्क, कृषि विकास बैङ्क, नबिल बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल र नेपाल एसबिआई बैङ्क रहेका छन् ।

पुसका लागि सिटिजन्स बैङ्क, माछापुच्छ«े बैङ्क, एनआइसी एसिया बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, एनएमबी बैङ्क र हिमालयन बैङ्कले भने मङ्सिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

IME Lifesidebar
kumari