stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलबाट सरल किस्तामा सामान पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट सरल किस्तामा सामान पाउने भएका छन् ।

ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंक र सिजी डिजीटलबीच शुन्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिटरक्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा एक हजार ८ सय रूपैयाँसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

IME Lifesidebar
kumari