stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेवा सुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सीमित कर्मचारी मार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले सम्पूर्ण इजाजत प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो ।

राष्ट्र बैंकले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञा सम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ ।

सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारी मार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ ।

अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ,” नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सूचनामा आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई जानकारी गराउन सबै संस्थालाई आग्रह गरिएको छ ।

IME Lifesidebar
kumari