कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर निःशुल्क
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले २८ भदौ गते मध्सय रातिसम्म कनेक्ट आईपीएस मार्फत हुने फन्ड ट्रान्सफर र वालेट लोड सेवामा कुनै शुल्क नलाग्ने घोषणा गरेको छ।
संस्थाले हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।
यस अन्तर्गत कनेक्ट आईपीएसको वेब पोर्टल तथा मोबाइल एपमार्फत गरिने सबै फन्ड ट्रान्सफर र वालेट लोडमा लाग्ने शुल्क पूर्ण रूपमा छुट दिइने एनसीएचएलले जनाएको छ। यसअघि ५०० रुपैयाँसम्म वालेट लोड र फन्ड ट्रान्सफर निःशुल्क थियो ।

























