stcnepal long ad
global ime bank long

भदौका लागि बैंकहरुले ब्याजदर घटाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । २० वटा ‘क’ वर्गका वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरि बचत र मुद्दती निक्षेपमा दिने ब्याजदर सार्वजनिक गरेका छन्।

हालसम्म प्राप्त १४ वटा वाणिज्य बैंकमध्ये ८ वटाले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर राखेका छन्। एउटा बैंकले भने ब्याजदर बढाएको छ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लि, सिद्धार्थ बैंक लि।, नेपाल एबीआई बैंक लि, सानिमा बैंक लि, कुमारी बैंक लि, एभरेष्ट बैंक लि, कृषि विकास बैंक लि र लक्ष्मी सनराइज बैंक लि छन्।

भदौका लागि ब्याजदर घटाएर बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.१३ प्रतिशत, सिद्धार्थ बैंकले ५.५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.२५ प्रतिशत, सानिमा बैंकले ६.७५ प्रतिशत, कुमारी बैंकले ५.२१ प्रतिशत, एभरेष्ट बैंकले ५.७५ प्रतिशत, कृषि विकास बैंकले ५.२० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत कायम गरेका छन्।

साउनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.३५ प्रतिशत, सानिमा बैंकले ७.१८ प्रतिशत, कुमारी बैंकले ५.४१ प्रतिशत, एभरेष्ट बैंकले ६.२५ प्रतिशत, कृषि विकास बैंकले ५.४० प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत कायम गरेका छन।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा हिमालयन बैंक मात्र रहेको छ। यो बैंकले साउन महिनाका लागि ५.५० प्रतिशत ब्याज दिएकोमा भदौ महिनामा बढाएर ६ प्रतिशत कायम गर्दैछ।

ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्। साउन महिनामा नेपाल बैंकले ५.४० प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनआईसी एसिया बैंकले ६.२५ प्रतिशत, एनएमबी बैंकले ६ प्रतिशत र प्राइम कमर्सियल बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन। सोही ब्याजदरलाई यी बैंकले भदौ महिनामा पनि निरन्तरता दिदै छन्।

यता राष्ट्रियस्तरका अधिकांश विकास बैंकले साउन महिनाकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौ महिनामा पनि निरन्तरता दिने भएका छन्।

हालसम्म गरिमा विकास बैंक लि, मुक्तिनाथ विकास बैंक लि, कामना सेवा विकास बैंक लि र महालक्ष्मी विकास बैंक लि ले साउन महिनाकै ब्याजदरलाई भदौ महिनामा पनि निरन्तता दिने भएका छन्।

साउन महिनामा गरिमा विकासले ६.११ प्रतिशत, मुक्तिनाथ विकासले ६.२५ प्रतिशत, कामना सेवा विकासले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका । सोही ब्याजदरलाई यी बैंकहरुले भदौका लागि निरन्तरता दिएका छन्।

IME Lifesidebar
kumari