stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन रिइन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.८४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।

शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो वर्ष कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड ५१ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ८६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ५ अर्ब ८४ करोड ८४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १७।३४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ४३ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १७.४५ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.७९ रुपैयाँ कायम छ। अघिल्लो वर्ष ईपीएस १२.६३ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ७१.९७ गुणा रहेको छ।

prabhu mahalaxmi
kumari