stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकको नाफा ७ प्रतिशत बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा ७.२५ प्रतिशत वृद्धि भएको हो।

बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको असार अन्त्यसम्म बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी बैंकले अघिल्लो वर्ष ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षमा बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७.६५ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ सञ्चिति रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

बैंकले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो वर्ष १.७२ प्रतिशतमा रहेको खराब कर्जा (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari