stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै ईपीएस बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचांकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको असार मसान्तसम्म ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ।

त्यस्तै अघिल्लो वर्ष बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि साढे ९ अर्ब रुपैयाँबाट बढेर ११ अर्ब १६ करोड रुपैयाँ नाघेको छ।

त्यसैगरी बैंकले अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ३१.६३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

आम्दानी र नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको यस बैंकको खराब कर्जा ०।७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९५ करोड रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति रहेको छ।

बैंकले १ अर्ब १० करोड रुपैयाँ सापटी लिएर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

prabhu mahalaxmi
kumari