stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे क्यापिटलको उदघाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे« क्यापिटलको उदघाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले बिहीबार एक औपचारिक कार्यक्रमबीच क्यापिटलको संयुक्त रुपमा उदघाटन गरेका छन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल बन्न शुभकामना दिएका छन् । साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको उनले बताए ।
माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे  क्यापिटललाई बधाई दिँदै यस क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानी भित्र मात्र नभै देशभरी रहेका लगानीकर्ताहरुलाई सेवा पुरयाउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।

IME Lifesidebar
kumari