stcnepal long ad
ime life insurance
national life
global ime bank long

यातायात व्यवस्था कार्यालय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

२३ माघ काठमाडौँ । प्रभु बैंकले बिराटनगर महानगरपालिका स्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउण्टरको बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले उदघाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार भएको जनाएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।

IME Lifesidebar
kumari