लुम्बिनी विकास बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयरधनी म्याक्स भिजन लिमिटेड र अमृता सरावगीको नाममा रहेको कुल १ लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यो शेयर अहिलेलाई बैंककै संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले बैंककोे मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।