stcnepal long ad
nabil bank
macchha(MBL)

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको बैशाख १२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम कुल ६५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अगाडी बढाउने निर्णय भए अनुसार विद्यामान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भए बमोजिम बैंकले सो शेयर बिक्री गर्न लागेको जनाएको हो ।

उक्त शेयर किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात जेठ २१ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । बैंकले तोकेको सो समयभित्र कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

prabhu mahalaxmi
kumari