stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकबाट घर कर्जा लिँदा बीमा सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९ दशमलव ९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ ।

यस घर कर्जा योजना अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुुुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् ।

यस कर्जा अन्तर्गत ग्राहकलाई पचास हजार रुपैयाँसम्मको कोरोना बीमा तथा पाँच लाखसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

हाल यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

 

prabhu mahalaxmi
kumari