सिद्धार्थ बैंकले ९.५५ प्रतिशतमा एसएमई कर्जा दिने
काठमाडौं । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले ९.५५ वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् ।
कोभिड–१९ महामारीले अर्थ व्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारा सहित यो योजना ल्याएको बैंकले जनाएको छ ।
यो योजना सिमित अवधिको लागि ल्याईएक पनि यसबाट धेरैले फाईदा लिने आफुहरुले अपेक्षा गरेको बैंकले जनाएको छ ।


























