stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २०३२.८० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ६६ लाख रुपैयाँले ऋणात्मक थियो।

बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ३१ करोड २७ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५८ करोड ५३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ६३६।८४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब १० करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ अर्ब ९० करोड ६७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.५५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.८५ प्रतिशत थियो। खराब कर्जा व्यवस्थापन गर्न बैंकले २८ करोड २८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीए) बढेर २५.२६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.१८ रुपैयाँमा सीमित थियो। पीई रेसियो ९.९४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २६०.७४ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari