stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेष्ठ १० गते देखि शुरु हुने लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ को आवेदन खुल्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यहि जेष्ठ १० गते देखि शुरु हुन गईरहेको लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ को आवेदन खुलेको छ। नौ वर्ष देखि १३ वर्ष पुगेका बच्चाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यस वर्षको हरेक कार्यक्रम लाइ बिशेष तरिका बाट प्रस्तुत् हुने छ र यस वर्ष कलश इभेन्ट्सको १३ औं वार्षिक उत्सव को उपलक्क्षमा नेपाल कै उत्कृस्ट २ बृहत बालबालिकाहरुको  Exclusive Gooming Session यौटै मंच मा जेष्ठ ३१ गते संस्कृतिक संस्थान नाचघर , जमलमा हुन गईरहेको कलश इभेन्ट्सका प्रबन्ध निर्देशक वर्षा महर्जनले बताए।

आयोजक कलश ईभेंटका अध्यक्ष संजय महर्जनका अनुसार हरेक वर्ष आयोजना गर्दै आएको लिटिल मिस एन्जेलको यो छैठौं र लिटल मास्टर नेपालको तेश्रो संस्करण हो।

प्रतियोगिताका सहभागीहरुलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा (गुड टचरब्याड टच),ध्यान, योग ,पौडी, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता बिषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराईने उनले जानकारी गराए।

आवेदन शुल्क ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन। (व्यावसायिक प्रसिद्ध फोटोग्राफर) द्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिईनुका साथै तालिम अवधिभर खाजाको व्यवस्ता गरिएको निर्देशक महर्जनले जानकारी गराए।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।

रोहिया महर्जनको कोरियोग्रफिमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार सहित विभिन्न गिफ्ट हम्प्पेरहरु प्रदान गरिने आयोजकले जनाएको छ।

prabhu mahalaxmi
kumari