sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कुमारी बैंकको २४औं वार्षिकोत्सव सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिको महत्व दर्शाउन “परम्परागत भेषभुषा” पहिरन गर्न प्रोत्साहित गरेको छ ।

कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पुर्‍याएको विश्वास लिएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा “बिबिधतामा एकता” लाई जोड दिएको छ ।

यस पहल मार्फत, बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

यसका साथै वार्षिकोत्सवको  अवसरमा  विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

gold
kumari bank
nawakantipur long