sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सहकारी दिवसको अवसरमा एमबैंकको थप नयाँ सेवा सुरु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यी सेवा सुरु गरिएको हो ।

यी सेवाहरू विशेष गरी सहकारी सदस्यहरू तथा आम समुदायलाई वित्तीय पहुँच र सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको एम बैंकले जनाएको छ ।

इसेवा रेमिट, समसारा र आईएमई रेमिट, सिटी रेमिटको सुरुवात संगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा छिटो, सुरक्षित र भरपर्दो रूपमा पैसा प्राप्त गर्न सहज हुनेछ।

वित्तीय समावेशितालाई प्राथमिकता दिँदै सहकारी सदस्यहरू तथा सर्वसाधारणलाई आर्थिक स्थायित्व र समृद्धिमा टेवा पुर्‍याउने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।

त्यस्तै, इन्टरअपरेबल क्यूआर सेवाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउनेछ । अब ग्राहकहरूले कुनै पनि बैंक तथा भुक्तानी सेवा प्रदायकका क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।

जसले वित्तीय कारोबारलाई थप द्रुत, सरल र समावेशी बनाउनेछ। यी नयाँ सेवाहरूले डिजिटल बैंकिङको महत्व झल्काउँदै वित्तीय पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा वित्तीय स्थायित्वमा यी सेवाहरू लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।

gold
kumari bank
nawakantipur long