stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सहकारी दिवसको अवसरमा एमबैंकको थप नयाँ सेवा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यी सेवा सुरु गरिएको हो ।

यी सेवाहरू विशेष गरी सहकारी सदस्यहरू तथा आम समुदायलाई वित्तीय पहुँच र सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको एम बैंकले जनाएको छ ।

इसेवा रेमिट, समसारा र आईएमई रेमिट, सिटी रेमिटको सुरुवात संगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा छिटो, सुरक्षित र भरपर्दो रूपमा पैसा प्राप्त गर्न सहज हुनेछ।

वित्तीय समावेशितालाई प्राथमिकता दिँदै सहकारी सदस्यहरू तथा सर्वसाधारणलाई आर्थिक स्थायित्व र समृद्धिमा टेवा पुर्‍याउने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।

त्यस्तै, इन्टरअपरेबल क्यूआर सेवाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउनेछ । अब ग्राहकहरूले कुनै पनि बैंक तथा भुक्तानी सेवा प्रदायकका क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।

जसले वित्तीय कारोबारलाई थप द्रुत, सरल र समावेशी बनाउनेछ। यी नयाँ सेवाहरूले डिजिटल बैंकिङको महत्व झल्काउँदै वित्तीय पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा वित्तीय स्थायित्वमा यी सेवाहरू लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।

prabhu mahalaxmi
kumari