sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनआइसी एसिया बैंकको सत्ताईसौँ वार्षिक साधारण सभा सम्पन्न 

साधारण सभा ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारण सभा आज (फागुन २२ गते) सम्पन्न भएको छ । साधारण सभाबाट बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभा मार्फत बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको थियो ।

gold
nawakantipur long