stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गर्मीयामका लागि नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मीयामलाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमता सहित बजारमा ल्याएको हो ।

सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त यी कुलरहरूमा १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जापानी प्रविधिबाट निर्मित यी कुलरहरूमा प्रभावकारी कुलिङका लागि ‘हनिकम्ब’ र सजिलै सार्नका लागि ‘कास्टोर व्हिल’, आइस च्याम्बर, वाटर लेवल इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू रहेका छन् ।

इन्भर्टर कम्प्याटिबल भएका कारण यी कुलरहरू बत्ती नहुनाका बेला पनि इन्भर्टरबाट सजिलै चलाउन सकिने कम्पनीको भनाइ छ ।

यसमा चारैतिर हावा प्रवाह गर्नका लागि फोरवे स्विंग डिफ्लेक्सन जस्ता विशेषताहरू पनि जडान गरिएको छ । ‍

वाटर लेवल इन्डिकेटर मार्फत कुलरमा कति पानी रहेको छ भने सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, अझ बढी चिसोको लागि यसमा आइस च्याम्बर पनि राखिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari