citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

जिप कम्पास नयाँ अवतारमा आउँदै, नयाँ डिजाइन सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

जिपले कम्पास एसयूभीको नयाँ डिजाइन सार्वजनिक गरेको छ । यसको नयाँ डिजाइन पहिलेभन्दा अझ बोल्ड र आकर्षक देखिने भएको छ । यद्यपि कम्पनीले नयाँ प्रविधि र इन्टेरियर अपडेटको बारेमा जानकारी अझै सार्वजनिक गरेको छैन ।

नयाँ पुस्ताको जिप कम्पासको नयाँ डिजाइनमा आयताकार आकारको हेडल्याम्प दिएको छ । यसमा स्लटेड ग्रिल डिजाइन पहिले जस्तै कायम राखिएको छ।

साइड प्रोफाइलको लुक र ह्विल आर्चमा पनि केही परिवर्तन देख्न सकिन्छ । यसको पछाडि एलईडी लाइटिङ एलिमेन्ट सहितको शार्प टेलल्याम्प देख्न सकिन्छ ।

नयाँ मोडल पुरानो मोडलभन्दा ठूलो हुनेछ । यसमा सेन्टर कन्सोल, ड्यासबोर्ड र डोर ट्रिम हुने अनुमान गरिएको छ । यसमा कनेक्टिभिटी र एडास किट पनि परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

साथै भेन्टिलेटेड लेदर सिट, भ्वाइस कमाण्ड, वायरलेस चार्जिङ र ड्युअल पेन सनरुफ लगायत धेरै फिचर पहिले जस्तै कायम राख्न सकिने अनुमान गरिएको छ ।

नयाँ पुस्ताको जिप कम्पास एसटीएलए मिडियम आर्किटेक्चरमा आधारित हुन सक्छ । यसमा इलेक्ट्रिक, हाइब्रिड र प्लग–इन हाइब्रिड विकल्प पनि देख्न सकिन्छ ।

सो एसयूभी २०२५ मा युरोपमा लन्च हुनेछ । साथै भारतमा यसको लन्च २०२६ पछि नै हुने अपेक्षा गरिएको छ । नेपाली बजारमा यो भर्सन भविष्यमा उपलब्ध हुन सक्छ ।

IME Life
kumari