‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई फागुन ६ गतेदेखि बिक्री खुला

काठमाडौं । सानिमा बैंक लिमिटेड, कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।
गत शुुक्रबार सेबोनबाट स्वीकृति पाएसँगै सानिमा फ्लेक्सी फण्ड सर्वसाधारणहरुका लागी यही फागुन ६ गतेदेखि ११ गतेसम्म र ढिलोमा २० गतेसम्म इकाई बिक्री खुला हुँदैछ ।
इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु। १ हजार देखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्ने कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनाको पहिलो चरणमा स्वीकृत आकार रु। १ अर्ब रहेको छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रति इकाई अंकित मूल्य रु. १०/– दरको १० करोड इकाई मध्ये ४०% अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिन लागेको हो ।
उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ (पन्ध्र) प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिनेछ ।
यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ ।
जस अन्तर्गत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।
सानिमा बैँकको पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखि सञ्चालनमा रहेको नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजनाहरु समेत संचालनमा रहेको छ ।
जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरिएको छ ।