नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको सवा २ करोड कित्ता शेयर थपियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको करिब २ करोड कित्ता शेयर थपिएको छ।नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस शेयर थपिएको छ।
जसमा ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता शेयर रहेका छन्।
यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकत भएको हो। गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत र छिमेक लघुवित्तले ८ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।