citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

मारुती सुजुकी ब्रेजा पहिलेभन्दा सुरक्षित !

अब बेस भेरिएन्टमा ६ वटा एयरब्याग उपलब्ध हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

मारुती सुजुकी ब्रेजा अब पहिले भन्दा महँगो भएको छ र यसको मूल्य ८ लाख ६९ हजार भारुबाट सुरु हुन्छ । एलएक्सआई ट्रिमको मूल्य १५ हजार भारु वृद्धि गरिएको छ, जबकि भीएक्सआई र जेडएक्सआई भेरिएन्टको मूल्य क्रमशः ५ हजार ५०० र ११ हजार ५०० भारु वृद्धि भएको छ। यद्यपि टप एन्ड जेडएक्सआई प्लस भेरिएन्टको मूल्य भने बढाइएको छैन ।

मारुती सुजुकी इन्डिया लिमिटेडले ब्रेजामा केही सेफ्टी फिचर थपेको कारणले यसको मूल्य बढाइएको हो। ब्रेजामा अहिले आएको सबैभन्दा ठुलो सेफ्टी फिचर भनेको ६ एयरब्याग हो ।

साथै यसमा ३ पोइन्ट ईएलआर रियर सेन्टर सिटबेल्ट, अगाडि बस्नेहरूका लागि उचाइ समायोज्य सिटबेल्ट, ६०:४० स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट र एडजस्टेबल रियर हेडरेस्ट पनि थपेको छ।

मारुती सुजुकी ब्रेजा केवल १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको साथ प्रस्ताव गरिएको छ, जसले ६००० आरपीएममा लगभग १०२ बीएचपी अधिकतम पावर र ४४०० आरपीएममा १३६.८ एनएमको अधिकतम टर्क आउटपुट उत्पादन गर्छ।ट्रान्समिसन विकल्पकव रुपमा ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक समावेश छ।

यसको इन्जिन सीएनजीमा पनि उपलब्ध छ । सीएनजीमा यसले लगभग ८६ बीएचपी र १२१ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई म्यानुअल गियरबक्समा मात्र पेश गरिएको छ। यसले टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट र महिन्द्रा एक्सयूभी थ्रीएक्सओसँग प्रतिस्पर्धा गर्छ ।

मारुतीले ब्रेजामा ३६०–डिग्री क्यामेरा सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सर, आइसोफिक्स चाइल्ड सिट एंकरेज, रियर डिफगर, क्रूज नियन्त्रण, अटोमेटिक हेडल्याम्प, किलेस एन्ट्री, हेड–अप डिस्प्ले, इलेक्ट्रिक सनरुफ र ६ स्पिकर अडियो सहित अन्य फिचर प्रदान गरेको छ।

साथै, यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन चार्जिङ सुविधा, अटोमेटिक भेरिएन्टमा प्याडल सिफ्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, मल्टी–फंक्शनल स्टेयरिङ ह्विल आदि समावेश छ ।

gold
himalayan life insurance long ad
kumari bank