प्रभु बैंक र दुग्ध उत्पादक सहकारीद्वारा किसानलाई लक्षित गरी ऋण प्रवाह गर्ने समझदारी

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीबाट उद्घाटन भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।