stcnepal long ad
global ime bank long

गरिमा विकास बैंकको २ लाख ६६ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari