stcnepal long ad
ime life insurance
global ime bank long

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सोही अन्तर्गत बैंकको पालुङ शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विधार्थीहरूमध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रूपमा असर पर्न गएकाले बैंकको पालुङ शाखाद्वारा पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको छ ।

साथै सर्वोदय परियोजना नामक गैरसरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्न आयोजित ‘अदृश्य मोतीहरू’ नामक कार्यक्रम सञ्चालन गर्नका निमित्त बैंकले आर्थिक सहयोग गरेको छ ।

यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेशनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

prabhu mahalaxmi
kumari