stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको नाफा २७ करोड ५७ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिना २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बैंकको नाफा ६८.२० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशतले घटेर ७२ करोड १५ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ  सञ्चित  रहेको छ ।  बैंकको  वितरण योग्य  मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari