stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गराएको छ ।

बैंकको पुस २९ गतेको २३औं साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले बोनस शेयर करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीलाई पुस २९ गतेदेखि नै पठाउन थालिएको बैंकले जनाएको छ ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका तथा हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराउनुका साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन पनि बैकले आग्रह गरेको छ ।

IME Lifesidebar
kumari