stcnepal long ad
global ime bank long

हुन्डाईले टोयोटा इनोभासँग प्रतिस्पर्धा गर्न नयाँ कार ल्याउँदै

अटो एक्सपो २०२५ मा सार्वजनिक गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हुन्डाईले आफ्नो क्रेटा इलेक्ट्रिक भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा लन्च गर्ने भएको छ । साथै कम्पनीले एक्सपोमा हुन्डाई स्टारिया पनि प्रस्तुत गर्नेछ । यो कम्पनीको लग्जरी एमपीभी कार हुनेछ । हाल यसको परीक्षण भइरहेको छ ।

हुन्डाई स्टारियामा माइल्ड हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनको मिश्रण हुने अपेक्षा गरिएको छ । यसमा ३।५ लिटर पेट्रोल भी टाइप ६ सिलिन्डर इन्जिन हुनेछ ।

सो इन्जिनले २९० पीएस पावर र ३३८ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ८ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । यसलाई भारतमा टर्बो(पेट्रोल र डिजेल इन्जिन विकल्पमा उपलब्ध गराउन सकिनेछ ।

हुन्डाई स्टारिया ८ कलरमा उपलब्धमा हुनेछ । यसमा एडास फिचर पनि उपलब्ध हुनेछ । एडास फिचरमा फरवर्ड कोलिजन एभाइडेन्स असिस्ट, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट कोलिजन एभाइडेन्स असिस्ट, सेफ एक्जिट असिस्ट, स्मार्ट क्रुज कन्ट्रोल, लेन फ्लोइङ असिस्ट, रियर क्रस ट्राफिक कोलिजन एभाइडेन्स असिस्टेन्ट जस्ता फिचर उपलब्ध हुनेछ ।

हुन्डाई स्टारियामा फुल एलईडी हेडल्याम्प, रंगीन ब्रास क्रोम बम्पर, सिफ्ट(बाई(वायर अटोमेटिक ट्रान्समिसन एलईडी हेडल्याम्प, ड्युअल सनरुफ, फ्लस ग्लास, भेन्टिलेटेड सिट, डबल–लेमिनेट साउन्ड–प्रुफ गिलास, सिफ्ट–बाई–वायर अटोमेटिक ट्रान्समिसन र ८ इन्चको डिस्प्ले अडियो जस्ता प्रिमियम फिचर हुनेछ । भारतमा हुन्डाई स्टारियाले टोयोटा इनोभा क्रिस्टा र किया कार्निभलसँग प्रतिस्पर्धा गर्नेछ ।

IME Lifesidebar
kumari