stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सनराइज बैंकले ९.९५ प्रतिशतमै साना ब्यवसायीलाई कर्जा दिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकले ९.९५ प्रतिशतमै सरल एस.एम.ई कर्जा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले “सनराइज सरल एस.एम.ई कर्जा” ९.९५५ वार्षिक ब्याज दरमा दिने भएको बैंकले जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । यस व्यवस्था अन्तर्गत ग्राहकले रु। एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ ।

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari