stcnepal long ad
ime life insurance
national life
global ime bank long

 मेगा बैंक दोस्रो दशकमा प्रवेश

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । १० औं बार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० बर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताउनुभयो ।

ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उहाँले बताउनुभयो ।

यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताउनुभयो ।

मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उहाँले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताउनुभयो ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताउनुभयो ।

स्थापनाकालदेखि नै यस बैंकलाई सफल बनाउन हामीहरुले मेहनत गरेको बताउँदै उहाँले यो व्यावसायिक सफलताका लागि योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नुभयो ।

बैंक स्थापनाको १० औं बर्षलाई विशेष बर्षका रुपमा मनाउन लागिएको सिइओ खुञ्जेलीले जानकारी दिनुभयो । उहाँका अनुसार, यसका लागि बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बैंकले बनाएको बताउनु भयो ।

‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै बर्षभरि नै उहाँहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौं ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।

१० औं बर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ ।

जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ ।

यसैगरी, १० औं बार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने मेगा बैंकले विश्वास लिएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ ।

देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ ।

२०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ ।

मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि बैंकले आफनो “एक शाखा–एक छोरी छात्रवृत्ति” कार्यक्रम अन्तर्गत बैंकका शाखाहरुबाट एक–एक जनाका दरले १०१ जना छात्राहरुको शिक्षाको लागि आर्थिक एवं शैक्षिक सामाग्री सहयोग गरेकोमा सोही छात्राहरुको यस बैंकमा बचत खाता खोली बैंकको तफबाट प्रत्येक छात्राको खातामा १–१ हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ । छात्राहरुमा सानै उमेर देखि बैंकमा बचत गर्ने बानीको पनि बिकास होस भन्ने उद्देश्यले बैंकको तर्फबाट १–१ हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको मेगा बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari