राहत काेषमा चन्द्र मोक्तानकाे सहयाेग
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले खडा गरेको वृद्ध/अशक्त तथा गम्भीर प्रकारका बिरामी भएका पत्रकारहरुको उपचार सहायता कोषका लागि समाजसेवी, सक्रिय संचारकर्मी पत्रकार महासंघ काठमाडौ शाखाका सदस्य एवं उपत्यका प्रदेश पार्षद चन्द्रबहादुर मोक्तानले पाँच हजार रुपैयाँ सहयाेग प्रदान गर्नु भएको छ ।
उहाँको यो महान सहयोगका लागि शाखा परिवार हार्दिक कृतज्ञता र विशेष आभार प्रकट गरेकाे छ ।
कोष खडा गरिएपछि यसअघि शाखा अध्यक्ष शन्तराम विडारी, शाखा सदस्य एवं लोकप्रिय साप्ताहिकका प्रकाशक सम्पादक नेत्र बहादुर बस्नेतले १०/१० हजार रुपैयाँ हस्तान्तरण गनुभएको छ भने पत्रकार महासंघ उपत्यका प्रदेश समितीका सदस्य एवम् छ्योर्तेन मासिकका सम्पादक, वीरबहादुर लामा, केटिएम दैनिककी सम्पादक निशा ओलीले ५/५ हजार रुपैंयाँ प्रदान गर्नुभएको छ ।
शाखाले ‘वृद्ध–अशक्त तथा गम्भिर बिरामी’ भएका पत्रकारहरुका लागि उपचार सहायता कोष खडा गर्दै यसलाई एउटा अभियानका रुपमा अगाडि बढाएको छ। जसका लागि हामी सबै सदस्य साथीहरु, उद्योगी व्यवसायी, शुभेच्छुक तथा सहयोगी हातहरुलाई यो पुण्य अभियानमा जोडिनका लागि आव्हान गरेकाे छ ।





























