stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभामा सम्पन्न 

आगामी दिनमा आकर्षक लाभांश दिने प्रतिवद्धता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकको संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको आर्थिक वर्ष २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याईसकेको जानकारी गराएका थिए।

तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचय कोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी दिएका थिए। यसका साथै बैंकले नयाँ सडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराएका थिए ।

साधारण सभामा बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा एक अर्ब तेइस करोड रुपैयाँ त्रियासी लाख तीन हजार रहेको र Comprehensive Income गणना गर्दा बैंकको खुद आम्दानी १ अर्ब २ करोड रुपैयाँ ३९ लाख एक हजार रहेको र जसमध्ये अनिवार्य जगेडा कोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार रुपैयाँ छुट्याइएको जानकारी दिएका छन ।

त्यस्तै, बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ। साथै कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको जानकारी दिइएको थियो।

सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशस् ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ र ३६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ पुगेको पनि जानकारी दिइएको थियो ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ मात्र संचालन मुनाफा आर्जन गरेको छ।

बैंकले खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँमा सिमित भएको जनाइएको छ। यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार रुपैयाँ कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रुपैयाँ असुली गर्न सफल भएको जानकारी गराइएको छ ।

prabhu mahalaxmi
kumari