citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

प्रस्तावित लाभांश पारित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आर्थिक वर्षमामा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

gold
himalayan life insurance long ad