stcnepal long ad
ime life insurance
global ime bank long

कृषि विकास बैंकको १८औँ वार्षिक साधारण सभा पुस २९ गते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभा भक्तपुरको बाडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन्।

साधारण सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई तोकिए बमोजिमको चुक्तपुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

साधारण सभाले बोनस शेयर वितरणपछि बैंकको हालको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोही बमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

बैंकको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै थपघटका लागि निर्देशन भएमा सोही बमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारण  सभाले पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

prabhu mahalaxmi
kumari