stcnepal long ad
ime life insurance
global ime bank long

एघार वटा बैंकहरूले ३ देखि २५.५ प्रतिशतसम्म लाभांश दिए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई तुलनात्मक रूपमा राम्रै लाभांश घोषणा गरेका छन ।

बीस वटा क वर्गका वाणिज्य बैंकहरू मध्ये एघार बैंकहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरेका बैंकले बोनस लाभांश भन्दा पनि नगद लाभांशलाई बढी प्राथमिकता दिएका छन् ।

आर्थिक मन्दी छाएकाले बैंक तथा वित्तिय संस्थाहरूको ऋण तिर्न केही भरथेक हुन्छ भनेर नगद लाभांश दिएका हुन।

अर्कोतिर चुक्ता पुँजी पर्याप्त भैसकेकाले पनि बोनस सेयर नदिएका हुन। तर यस वर्ष बैंकहरुको लाभांश दर भने घटाएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरुले लाभांश दर घटाएका छन् । बैंकको पुँजी वृद्धि,निक्षेप बचत अनुसार व्यवसाय बढाउन नसक्दा लाभांश दर घटाएको बैंक सञ्चालक समिति स्रोतहरूले बताएका छन् ।

हाल नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म ११ वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

केही बैंकहरूले भने गत वर्षको मुनाफाबाट लाभांश नदिने घोषणा गरिसकेका छन् । लाभांश दिएका बैंकहरुले न्यूनतम ४ देखि अधिकतम २५.५ प्रतिशतसम्म नगद तथा बोनस लाभांश दिएका छन् । कुन बैंकले कति लाभांश दिए तल दिइएको छ।

स्टयाण्डर्ड चार्टर्ड बैंक लि.

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी स्टयाण्डर्ड चार्टर्ड बैंक लि।ले दिएको छ ।

कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ६.५ प्रतिशत बोनस र कर सहित १९ प्रतिशत नगद लाभांश दिएको छ । यो बैंकले सधैभरि धेरै नगद लाभांश दिदै आएको छ।

एभरेष्ट बैंक लि.

एभरेष्ट बैंक लि।ले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश दिएको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको जनाएको छ ।

नबिल बैंक लि.

गत आर्थिक वर्षको मुनाफाबाट नबिल बैंक फि।ले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिएको छ । यो पटक यस बैंकले सेयर धनीलाई बोनस सेयर लाभांश दिएको छैन ।

ग्लोबल आइएमई बैंक लि.

ग्लोबल आइएमई बैंक लि. ले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.५ प्रतिशत लाभांश दिएको छ । बैंकले यो पटक सेयरधनीलाई नगद लाभांश नदिइ बोनस सेयर मात्रै दिएको छ ।

सानिमा बैंक लि.

सानिमा बैंक लि.ले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको छ । यो पटक यस बैंकले पनि सेयरधनीहरूलाई बोनस सेयर नदिइ नगद लाभांश मात्र दिएको छ ।

सिटिजन बैंक लि.

सिटिजन  बैंक लि.ले  सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ४।२१ प्रतिशत लाभांश दिएको छ ।  जसमा ४ प्रतिशत बोनस लाभांश र क रसहित ०.२१  प्रतिशत नगद लाभांश दिएको जनाएको छ ।

प्राइम कमर्सियल बैंक लि.

प्राइम कमर्सियल बैंक लि.ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नगद मात्रै लाभांश दिएको छ । यस पटक यस बैैंकले बोनस सेयर दिएको छैन ।

सिद्धार्थ बैंक लि.

सिद्धार्थ बैंक लि.ले गत  आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिएको छ ।  यो पटक  बैंकले सेयरधनीलाई  बोनस सेयर लाभांश दिएको छैन । नगद लाभांश मात्रै दिएको छ ।

लक्ष्मी सनराइज बैंक लि

लक्ष्मी सनराइज बैंक लि।ले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस लाभांश ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिएको जनाएको छ ।

नेपाल एसबीआई बैंक लि.

नेपाल एसबीआई बैंक लि।ले गत आर्थिक वर्षको मुनाफाबाट १०.६५ लाभांश दिएको छ । बैंकले दिएको लाभांशमा बोनस भन्दा नगद लाभांश बढी रहेको छ । बैंकले ३.८ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश दिएको जनाएको छ ।

कृषि विकास बैंक लि.

कृषि विकास बैंक लि. ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ७.५३ प्रतिशत र कर सहित ३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले सेयर धनीहरूलाई लाभांश दिएको थिएन।

prabhu mahalaxmi
kumari