stcnepal long ad
ime life insurance
global ime bank long

जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् ।

लघुवित्तका अनुसार १२ लगानीकर्ताले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १२ सम्म उल्लेख गरी कोड नम्बर एदेखि एलसम्म राखेर सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

 

prabhu mahalaxmi
kumari