citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित  गर्ने आज पुस ४ गते बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछन् ।

पुस ५ र ६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यी दिन सेयर कारोबार बन्द रहनेछन् । तसर्थ, लाभांश हात पार्न आज पुस ४ गते बिहीबारसम्म सेयर खरिद सक्नुपर्ने हुन्छ ।

नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

gold
himalayan life insurance long ad