citizens life insurance long ad
stcnepal long ad

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारणसभा पुस २८ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले पुस २८ गते सत्रौं वार्षिक साधारण सभा बोलाएको छ।

फाइनान्स कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

साधारण सभाले चुक्ता  पूँजीको ६.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै ४ जना सञ्चालकको निर्वाचन गर्ने, केन्द्रीय कार्यालयको स्थानान्तरण र अन्य उपयुक्त कम्पनीसँग मर्जर वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

IME Life
kumari